काठमाडौं, वैशाख २२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
आज बिहान खुमलटार पुगेर अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डसँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण र समसामयिक राजनीतिक विषयमा प्रचण्डसँग विमर्श गरेको उनको सचिवालयले जनाएको छ । सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक थियो ।
यसअघि आईतबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटबार्ता भएको थियो। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उक्त भेटबार्तामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा छलफल भएको बताइएको छ ।




प्रतिक्रिया