काठमाडौं, २३ वैशाख । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं.२ स्थित निबुगाउँमा आँखा शिविर सम्पन्न भएको छ । सो स्वास्थ्य केन्द्रमा बी.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्र (त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज) को प्राविधिक सहयोग तथा सुनकोशी इन्द्रावती समाजको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी भोटेचौर उपशाखाका साथै अन्य विभिन्न संघसंस्थाको समन्वयमा वडावासीहरूले आँखा शिविरमार्फत सेवा लिएका हुन् ।
यसै उद्देश्यले केही स्वास्थ्य सामग्री वितरणसहित दुई घण्टाको शिविर सञ्चालन गरिएको स्थानीय सामाजिक अभियन्ता बुद्धिबहादुर तामाङले बताए । उक्त शिविरमा आँखाका पाँच दर्जन बिरामीले उपचार सेवा प्राप्त गरेका छन्– जसमध्ये चारजनामा देखिएको मोतिया विन्दुको शल्यक्रियामार्फत हुने उपचार निःशुल्क गरिने तामाङले बताएका छन् । दुई घण्टाको सो शिविर सञ्चालनपछि यो टोली वडा नं तीनमा गएको छ ।
स्थानीयवासीसँगको आग्रहअनुसार सो स्थानमा बी.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्र (त्रिवि शिक्षण अस्पताल महाराजगन्ज) बाट चिकित्सकसहित सातजनाको प्राविधिक जनशक्तिको सहयोग भूपेन्द्रबहादुर थापाले जुटाएका थिए । थापा नेपाली काँग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति हुन् ।




प्रतिक्रिया