तोलामा छ सयले बढ्यो सुन


काठमाडौँ, २५ वैशाख । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा ६०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९५५ मा बेचबिखन भइरहेको छ ।

बुधबार प्रतितोला सुन एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस