काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम सन्तुलित र व्यवस्थित् ढंगबाट आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘यो नीति तथा कार्यक्रम एकदमै व्यवस्थित् ढंगबाट आएको छ, यसमा कमा र फूलस्टपपनि चेञ्ज गर्नुपर्दैन् । स्पेशिक ढंगबाट यो नीति तथा कार्यक्रम आएको हुँदा १५५ बुँदामा रहेका नीति तथा कार्यक्रमलाई कहीँपनि चलाउनुपर्ने देखिँदैन् ।’
उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिग अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे । उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुनेपनि दाबी गरे ।




प्रतिक्रिया