काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका सांसद तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले गणतन्त्रकै दिन बजेट ल्याउने व्यवस्था संशोधन गर्नुपर्ने माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले गणतन्त्र दिवस र बजेटको तुलना हुन नसक्ने बताएका हुन् ।
उनले जेठ १५ गते गणतन्त्र दिवस भएकोले सो दिन बजेट ल्याउने परम्परा हटाउन माग गरेका हुन् । उसैपनि कांग्रेस र एमालेले संविधान संशोधन गर्ने भनेर ७ बुँदे सहमतिमा सोबारेपनि उल्लेख गरेको भन्दै त्यसो गर्न माग गरे ।




प्रतिक्रिया