संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन


काठमाडौं, १ जेठ । संयुक्त लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको बैठकले सचिवालय गठन गरेको छ। सचिवालयमा प्रत्येक दलबाट १/१ जना प्रतिनिधि सहभागी भएका छन् । बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतपनि सहभागी थिए ।

जनता समाजवादी पार्टी, नेपालबाट रामकुमार शर्मा, जनता प्रगतिशील पार्टीबाट उपाध्यक्ष डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान, तमलोपाबाट ब्रजकिशोर सिंह र लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झालाई सचिवालय सदस्यमा चयन गरिएको हो।