नायिका गौतम भारत भ्रमणमा, राजनीतिक भेटवार्तामा व्यस्त


काठमाडौं, २ जेठ । नायिका तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम भारत भ्रमणमा राजनीतिक भेटवार्तामा व्यस्त छिन् । उनी स्थलमार्ग हुँदै भारत पुगेकी हुन् । भारत बसाईको क्रममा उनले उच्चस्तरीय राजनीति भेटवार्ता थालेकी छिन् । आज उनले उत्तराखण्ड राज्यकी खेलकुदमन्त्री रेखा आर्यासँग भेटवार्ता गरेकी छिन् ।

देहरादूनमा भएको भेटवार्तामा सौहार्दपूर्ण बातचित भएको र नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने विषयमा कुराकानी भएको गौतमले जानकारी दिएकी छिन् । उनले आजै महाराष्ट्रका पूर्व राज्यपाल एवम् उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगतसिंह कोश्यारीसँगपनि भेट गरेकी थिईन् ।

कोश्यारी भाजपाका वरिष्ठ नेता हुन् । उनी नेपाल मामिलाका जानकार हुन् । भार र नेपाल सरकारले संयुक्त रुपमा गठन गरेको इपिजीको कोश्यारी भारततर्फका संयोजक थिए ।