एमाले सबैखाले हमला परास्त गर्न सफल हुन्छ, चूनौति सामना गर्छौं : शंकर पोखरेल


काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाज रूपान्तरणमा अगाडि बढिरहेको बताएका छन् । उनले एमालेले सरकारको नेतृत्व गर्दा समाज रूपान्तरणमा ऐतिहासिक र महत्वपूर्ण काम भएको बताए ।

यतिवेला आफ्नो गलत स्वार्थ पूरा गर्न नपाएकाहरूले पार्टी र पार्टीको नेतृत्व विरूद्ध चौतर्फी हमला गरिरहे पनि एमाले हरेक चुनौतीको सामना गर्न र सबै खालका हमलालाई परास्त गर्न सफल हुने विश्वास महासचिव पोखरेलले व्यक्त गरे ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जबजको विकासमा निरन्तर अगाडि बढिरहेको चर्चा गर्दै आजको दिन आफ्ना प्रिय नेताहरूप्रति सम्मान प्रकट गर्ने साथै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सङ्कल्प गर्ने दिन भएको उनले बताए ।