काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्य ०८४ सालसम्म कायम रहने बताएका छन् । तर, यो बीचमा सरकारले एउटापनि गलत निर्णय लिन नहुने थापाको चेतावनी छ । पार्टीको क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ स्याङ्जाको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले सरकारले लिएको निर्णयलाई आम जनताले ठीक छ भनेर स्विकार गर्नेखालको हुनुपर्ने सुझाव दिए । उनले कांग्रेस–एमालेको अहिलेको सरकारले लिने निर्णयले कांग्रेसको अनुहार सफा देखिनुपर्ने हुनुपर्ने बताए ।
पछिल्लो समय सरकारको निरन्तरतालाई लिएर अनेक हल्ला चलिरहेको बेलामा थापाले भने स्याङ्जा पुगेर आफ्नो पार्टी ०८४ सालसम्मै सरकारमा रहने बताएका हुन् ।




प्रतिक्रिया