काठमाडौं, ४ जेठ । रसुवामा ७ किलोभन्दा बढी परिणामा सुन बरामद भएको छ । आज (आइतबार) गाडी चालकबाट उक्त सुन बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार ७ वटा सुनको विस्कृट बरामद भएका छन् ।
आज दिउँसो केरूङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको गाडीबाट उक्त परिणामको सुन बरामद भएको हो । उक्त सुनको परिक्षण भने गर्न बाँकी रहेको छ । सुनसँगै चालकलाई पनि नियन्त्रणमा लिइएको छ । File Photo/RN




प्रतिक्रिया