विद्यालय शिक्षा विधेयकको प्रतिवेदन उपसमितिले बुझायो


काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन’ पेश भएको छ । उपसमितिका संयोजक छविलाल विश्वकर्माले आज (आइतबार) समितिका सभापति अम्मरबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन् ।

उक्त प्रतिवेदन उपसमितिबाट सर्वसम्मतिले पारित भएको थियो । सरकारले नेपाल शिक्षक महासंघसँग आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गराउने सहमति गरिसकेको छ ।