काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले गृहमन्त्री रमेश लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको आरोप लगाएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीले गृहमन्त्री लेखकले भाग खोज्दै हिँडेको खुलासा गरेको सुनाए ।
‘पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले केही महिना अगाडि भन्नुभएको थियो– नेपाली कांग्रेसका वर्तमान गृहमन्त्रीज्यूले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो–यो नपर्दिए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो,’– उनले भने ।
नेता झाले यस्ता प्रकारका अभ्यासले न्यायलयप्रतिको विश्वास कमजोर हुँदै गएको बताए । ‘आज न्यायलयहरुले विभिन्न राजनीतिक संरक्षण त दिइराखेको छ । यो अभ्यासले गर्दा न्यायलयप्रतिको विश्वास कमजोर भएको छ । न्यायलयले न्याय देलाकी भनेर हामीहरुले विश्वास गर्ने ठाउँ कम हुँदै गएको छ,’– उनले भने ।




प्रतिक्रिया