अहिलेको सरकारले केही गर्न सकेन भनेर विपक्षीहरुबाट निराशा बाँडियो : महेश बर्तौला


काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस–एमालेको सरकारले केही पनि गर्न नसकेको भनेर विपक्षी दलका सांसदहरुले निराशा बाँडेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले लगातार सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम गरेकोमा आपत्ति जनाए ।

उनले हिजो व्याप्त निराशालाई आशामा परिणत गर्नेगरि नीति तथा तथा कार्यक्रम ल्याएको दाबी गरे । सार्वजनिक खपतको लागि मात्रै विपक्षीहरुले सरकारको आलोचना गरेको उनको आरोप छ। उनले संसदमा पनि जादुगरले कागज राखेर पैसाको नोट निकालेकोजस्तै गर्न खोजिएको भन्दै आलोचना गरे । सरकारको विषयमा जादुवाला नम्बर भएकाहरुले यस्तो अभिव्यक्ति दिएको भन्दै उनले विपक्षी दलका नेता पुष्पकमल दाहालको आलोचना गरे ।