कोशीका चार जना सांसद चढेको गाडी दुर्घटना


काठमाडौं, ५ जेठ । कोशी प्रदेशका चार जना सांसद सवार गाडी दुर्घटनामा परेको छ । आज (सोमबार) दिउँसो मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा उक्त दुर्घटना भएको हो । बेलबारीबाट झापातर्फ जाँदै गरेको बा.५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको थियो । उक्त गाडीमा कोशी प्रदेशसभा सदस्यहरु राधाकृष्ण खनाल, मैया श्रेष्ठ लावती, विद्या चाम्लिङ, नम्बरलाल धिमाल र चालक भेशराज श्रेष्ठ थिए ।

विपरित दिशाबाट आएको बा.५ च ३५३० नम्बरको कारमा भने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी डीएसपी खड्काले नै चलाएको बताइएको छ । दुवै गाडीमा सवारको अवस्था सामान्य नै रहेको बताइएको छ ।