मन्त्रिपरिषद् बैठक स्थगित


काठमाडौं, ५ जेठ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ छ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेका हुन् ।

गभर्नर नियुक्तिका सन्दर्भमा अन्तिम निर्णय गर्न आज बेलुका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता तय भएको छ । सत्तारुढ दल कांग्रेस–एमालेबीच आपसी किचलोले राष्ट्र बैंक करिब डेढ महिनादेखि गभर्नरविहीन छ । File Photo/RN