‘बुढेसकाल नै लागे पनि प्रचण्डको काँधमा नयाँ क्रान्ति थाल्ने अभिभार आइपरेको छ’


काठमाडौं, १० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा नयाँ क्रान्तिको आवश्यकता औंल्याएका छन् । आज (शनिबार) पोखराको रानीपौवामा आयोजित पार्टीको जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढेसकाल नै लागे पनि प्रचण्डको काँधमा नयाँ क्रान्ति थाल्ने अभिभारा आइपरेको बताएका हुन् ।

‘२०६४ जस्तै देश माओवादीमय, प्रचण्डमय हुन पुगेको देखेँ मैले । निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा, बुढेसकाल नै लागे पनि प्रचण्डको काँधमा नयाँ क्रान्ति थाल्ने अभिभारा आइपरेको र नेपाली जनताले त्यो जिम्मेवारी दिन तयार भएको महसुस गरेको छु मैले,’– उनले भने ।

अध्यक्ष प्रचण्डले आफूहरुले संविधान निर्माणकै क्रममा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिँदा कांग्रेस र एमालेले नमानेको बताए । संविधान नै नबन्ने र देश झन ठूलो भुमरीमा फस्ने खतरामा फस्ने खतरा देखिएकाले नोट अफ डिसेन्ट लेखेर सहमतिमा आएको प्रचण्डले सुनाए । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा देशलाई पुर्याइछाड्ने बताउँदै उनले त्यही स्पिरिटमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । File Photo/RN