काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कुनै कार्यालयको कर्मचारीले गल्ती गरेकै आधारमा गृहमन्त्रीलाई त्यस प्रकरणमा मुछ्न नहुने बताएका छन् । भिजिट भिसा प्रकरणबारे आज (आइतबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उने कर्मचारीले गल्ती गरेकै आधारमा प्रमुखले राजीनामा दिँदै जाने हो भने राज्य व्यवस्था नै नचल्ने बताए ।
‘कुनै अड्डा अदालतको, कुनै कार्यालयको एक कर्मचारीले गल्ती गर्छ भने ऊ जवाफदेही हुन्छ । ऊ जिम्मेवार हुन्छ हो भने पनि । त्यस्तो अवस्थामा कार्यलयको प्रमुखले नै राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा हामीले उठायौं भनेदेखि राज्य व्यवस्था यसरी चल्दैन,’– उनले भने ।
फरक प्रसंगमा नेता सिटौलाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताए । संविधान संशोधन कुनै एउटा पार्टीको चहनाले मात्रै नहुने उनले बताए । ‘सहमतिकै आधारमा गर्ने हो । संविधान संशोधन कुनै एउटा पार्टीले गर्न सक्ने कुरा पनि होइन र गर्न सक्ने कुरा पनि भएन,’– उनले भने ।
त्यस्तै नेपालमा फेरि राजा आउँछ भनेर सोध्नु केवल कल्पनाको मात्रै कुरा रहेको उनको भनाइ । ‘राजतन्त्र आउँछ भन्ने कुरा सम्भव छैन । देश जहाँ जति अगाडि जाने हो, देश पछाडि फर्किँदैन । यही व्यवस्था रहन्छ । समयसापेक्ष संशोधन हुँदै जान्छ,’– सिटौलाले भने ।
साथै, पार्टीको १५ महाधिवेशन २०८२ साल मंसिरभित्र गर्न नसकिने उनको तर्फ छ । यसलाई नेता सिटौंलाले
काल्पनिक कुराको संज्ञा दिए । ‘२०८२ साल मंसिरभित्र हुन्छ भन्ने कुरा काल्पनिक कुरा हो । ०८३ साल मंसिरभन्दा उता जान दिन हुँदैन महाधिवेशन । ०८३ सालको भदौंदेखि मंसिरसम्म हामीले गर्नुपर्छ,’– उनले भनेँ ।




प्रतिक्रिया