रमेश लेखक गृहमन्त्री रहँदा भिजिट भिसा प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुन सक्दैनः भीम रावल


काठमाडौं, ११ जेठ । पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले रमेश लेखक गृहमन्त्रीको पदमा रहेकै अवस्थामा भिजिट भिसा प्रकरणको निष्पक्ष र स्वतन्त्र छानविन हुन नसक्ने बताएका छन् । रावलले भिजिट भिसा प्रकरणलाई गम्भीर विषय भन्दै निष्पक्ष र स्वतन्त्र छानबीन गरी दोषीलाई कडा कारबाहीको मागसमेत गरेका छन् ।

‘गृहमन्त्रीमाथि समेत प्रश्न उठेको छ। निज गृहमन्त्री पदमा रहेर निष्पक्ष र स्वतन्त्र छानबीन हुनसक्ने स्थिति छैन। यति गम्भीर विषयमा निष्पक्ष र स्वतन्त्र छानबीन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ । यति हदसम्म देशका विरूद्ध कुकर्म गर्नसक्ने कस्तो सुशासन ?’ प्रश्न गर्दै उनले भनेका छन् ।

उनले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीको प्रसंग जोड्दै भनेका छन्, ‘सुशासनको नक्कली गफको शासनमा कुशासनको श्रृंखलामा अर्को कृत्य । प्रदेशका गृहमन्त्रीले पैसा खाएर नेपाली युवालाई जापान लगे, विमानस्थलबाटै जापानले फर्काइदियो र नेपाल र नेपालीको वेइज्जत भयो । तर, गृहमन्त्रीलाई कार्वाई भएन । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमनमा पैसा खाएर नेपालीलाई विदेश पठाउने गृहका सहसचिव पक्राउ पर्नुका साथै त्यसमा गृहमन्त्रीको सचिवालय संलग्न रहेको भन्ने छ ।’ File Photo/RN