काठमाडौँ, २१ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव मनिषकुमार मिश्रलाई केन्द्रीय प्रवक्ता पदमा मनोनयन गरेको छ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित विधानअनुसार उनलाई केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान गरिएको जानकारी दिइएको हो।
अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयन गरिएकोमा बधाई दिँदै देश, मधेश तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया