काठमाडौं, २१ जेठ । सदनको अवरोध खुलाउनको लागि राखिएको सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूकाे बैठक सकिएकाे छ । बैठकमा सत्ता र प्रतिपक्षले आ-आफ्नै अडान राखेका छन् । अब बैठक चलाउने तयारी भइरहेकाे सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले बताए ।
सत्तापक्ष गृहमन्त्री रमेश लेखकले बाेल्न पाउने र प्रतिपक्षी भिजिट भिसा ठगीकाे उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने अडानमा छन् ।




प्रतिक्रिया