काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगकामाथि जनविश्वास अत्यन्तै प्रवल रहेको बताएका छन् । आज (आइतबार) लोकसेवा आयोगको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले थुप्रै निकायहरुमाथिको जनविश्वास कम भएको जस्तो अवस्था देखिँदा पनि आयोगले आफ्नो विश्वसनीयता जोगाइराखे भन्दै खुसी व्यक्त गरे ।
‘अहिलेसम्म थुप्रै निकायहरुमाथिको जनविश्वास कम भएको जस्तो अवस्था देखिँदा पनि लोकसेवा आयोगमाथिको जनविश्वास अत्यन्तै प्रवल रहेको देखिन्छ । निष्पक्षता र निष्पक्ष ढंगले कार्य सम्पादन गर्ने कुरा, समान अवसर उपलब्ध गराउने कुरामा लोकसेवा आयोग सफल छ, सक्षम छ भन्ने कुरा सबैले विश्वास गरेको अवस्था छ । यो धेरै खुसीको कुरा हो,’– उनले भने ।
साथै, प्रधानमन्त्री ओलीले आयोगले सबैलाई समान अवसर प्रदान गरेको, आयोगप्रति सबैको जनविश्वास प्रवल रहेको उनले बताए ।




प्रतिक्रिया