दिलभूषणलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश


काठमाडौं, २ असार । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बारेमा उनले तयार पारेको सामाग्रीलाई लिएर पाठकविरुद्ध पक्राउ पुर्जी जारी .भएको थियो ।

पक्राउ पुर्जीको विरुद्धमा पाठक निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

साथै, उच्च अदालतले अन्तरिम आदेशको लागि विपक्षीहरुलाई छलफलमा समेत बोलाएको छ ।