तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


काठमाडौं, असार ६ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।