काठमाडौ, ११ असार । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा तथा श्री इन्द्रपुर स्काउट ट्रुपको आयोजनामा सुन्दरहरैचा-१२ स्थित इन्द्रपुर बोर्डिङ स्कूलमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरू सहितक स्वास्थ्य टलीबाट जेनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, अन्कोलोजी, शल्यक्रिया, दन्त रोग, बालरोग, नाक कान घाँटी, हाडजोर्नी, आँखाको परीक्षण, रेडियोलोजी, ल्याब परीक्षण तथा मुटुको ईसिजी लगायतका सेवा प्रदान गरिएको थियो।
स्थानीय तहको सक्रियता तथा स्थानिय विरामीहरूको उल्लेखनीय उपस्थिति रहेको यस शिविरमा ३०० जना विरामीहरु सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएका छन्।






















प्रतिक्रिया