काठमाडौं, १२ असार । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नेकपा (एकीकृत समाजवादी) का सांसदहरु स्वतन्त्र रुपमा पूरानो घर फर्किन सक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादीका सांसदहरु एमालेमा फर्किनुको विकल्प नरहेको बताएका हुन् । उनले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अब एक्लिएको बताए । अब एकीकृत समाजवादी र माओवादीबीचको एकताको सम्भावना बन्द भएको उनले बताए ।
्
‘अब माओवादीसँगको एकताको बाटो बन्द भयो । अब त्यहाँका सांसदहरु स्वतन्त्र रुपमा घर फर्किन सक्छन् । उनीहरुसँग अर्को विकल्प म देख्निँ,’– उनले भने ।
साथै, विश्लेषक केसीले अध्यक्ष नेपाललाई १० जनाको समूहले एक्ल्याएको उनले बताए । ‘अहिले त उनी झन संकटमा छन् । माधव नेपालाई सहानुभूति दिने त्यहाँ को रह्यो र ? एक्लैछन् विचरा । तर, यो उनको कर्मको फल हो । पार्टी फुटाउन हुँदैनथियो । गलत कामको नतिजा कहिले पनि सही आउँदैन । गलत काम गर्नुभयो, गलत नै परिणाम आयो । राजनीति उहाँको यति नै रहेछ भने पनि हुन्छ,’– उनले भने ।




प्रतिक्रिया