परराष्ट्रमन्त्री आज रोम जाँदै


काठमाडौं, १३ असार । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् । शनिबारदेखि आगामी विहीबारसम्म हुने खाद्य तथा कृषि संगठन एफएओको ४४औं सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरु सहभागी हुने छन् ।