आज चार संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छलफल हुँदैछ?


काठमाडौं, १३ असार । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । बिहान ९ बजेदेदि सुरु भएको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल भइरहेको छ ।

त्यस्तै, अहिले बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२र०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० समितिको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेको उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै बिहान साढे ११ बजे नै बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।