रास्वपाले डाक्यो संसदीय दलको बैठक, भिजिट भिसा प्रकरणमा विकसित घट्नाहरुको विषयमा छलफल हुने


काठमाडौं, १३ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि (शनिबार) विहान ९ बजे बस्नेगरि दलको बैठक बोलाईएको प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए । उनकाअनुसार बैठकमा भिजिट भिसा प्रकरणमा विकसित घट्नाको विषयमा छलफल हुने भएको छ ।

रास्वपा पछिल्ला दिनहरुमा भिजिट भिसा प्रकरणमा सदनमा आन्दोलित छ । सरकारले भिजिट भिसा प्रकरणमा छानबिनको लागि समिति बनाइसकेको छ । तर, रास्वपाले समितिका संयोजक शंकरदास बैरागीको नैतिकतामा नै प्रश्न उठाएको छ। उक्त समितिलाई रास्वपाले अस्विकार गरिसकेको छ । file photo