टिकुलीगढमा व्यावसायिक रुपमा गरिएको ड्रागन फ्रुट खेती


घोराही(दाङ),१३ असार । दाङको लमही नगरपालिका–३ टिकुलीगढमा तुलबहादुर पुन र भरतबहादुर बुढामगरले व्यावसायिक रुपमा गरेको ड्रागन फ्रुट खेतीमा फलेका ड्रागन फल ।

पुन र बुढामगर मिलेरे थुर्पामाडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपन्छी फार्म दर्ता गरी विगत एक वर्षदेखि तीन बिघा जग्गा भाडामा लिएर ड्रागन खेती गर्दै आएका छन् ।

थोकमा प्रतिकिलो ३५० र फुटकरमा ४०० का दरले बिक्री हुने उक्त फल धेरै फार्मबाट बिक्री हुने गरेको र अहिले दैनिक दुई क्विन्टल भन्दा बढी बिक्री भइरहेको उनीहरु बताउँछन्। तस्बिरः सुशीला ओली /रासस