केन्द्रीय समितिको बैठकअघि देउवाले डाके पदाधिकारी बैठक, एजेण्डा तय गरिने


काठमाडौं, १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक असार १६ गतेबाट सुरु हुँदैछ । तर, त्यसको अघिल्लो दिन असार १५ गते भने सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने जनाईएको छ । केन्द्रीय कार्यसमितिको बैठकको लागि नेताहरुले अहिलेदेखि नै तयारी थालेका छन् । सरकारको समिक्षा पनि हुने भएकोले यो केन्द्रीय समितिको बैठक निर्णायक हुने केही नेताको टिप्पणी छ । बजेटलाई लिएर नै कांग्रेसभित्र सरकारप्रति आलोचना बढिरहेको छ ।