प्रधानमन्त्री ओलीले बोल्ने भएपछि रास्वपाका सांसदहरूले गरे सदन बहिष्कार


काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश भ्रमणबारे जानकारी दिनको लागि आज सदनमा बोल्दैछन् । तर, प्रतिनिधिसभाको आजको बैठकमा पनि रास्वपा र राप्रपाले भने विरोध जारी राखेका छन् । प्रधानमन्त्री ओलीले बोल्नको लागि समय पाउनेबित्तिकै रास्वपाका सासदहरुले आफूहरुले आन्दोलन जारी रहेको र गृहमन्त्री राजीनामा दे नारा लगाएर बैठक कक्ष छोडेका छन् ।