एआईजी दान बहादुर कार्की शब्दमा रहेको गीत ‘आँखा झिमझिम भो’ सार्वजनिक


काठमाडौं, १६ असार । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीको शब्दमा रहेको गीत ‘आँखा झिमझिम भो’ सार्वजनिक भएको छ ।

गजब टिभीमार्फत उक्त गीत सार्वजनिक भएको हो । सो गीतमा सदीक्षा कट्टेलर र समिर खरेलले स्वर दिएका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ ।

यस्तै, उक्त गीतको कलाकार कविता नेपाली र सुनिल क्षेत्रीको अभिनय रहेको छ भने निर्देशन किरण थापाले गरेका छन् ।