काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य रोशन कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन समिति आफूहरुको माग कायमै रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भिजिट भिसा प्रकरणमा आफूहरुको माग कायमै रहेको बताएका कि हुन् ।
‘उच्चस्तरीय छानविन समिति र गृहमन्त्रीको राजीनामा मागेर हामी संसद् बहिस्कारमा छौं । त्यसकारण त्यो जुन विधेयक पास भयो, त्यसमा हाम्रो कुनै संलग्नता छैन,’– उनले भनिन् ।
भिजिट भिसा प्रकरणमा कयौं नेपाली विदेशमा पुगेर बिचल्लीमा परेको उनले बताईन् । निमुखा नेपालीहरुको नाममा दिनको ५० लाखदेखि एक करोडसम्म असुलिएको उनले बताईन् । नेतृ कार्कीले कुलिङ पिरियडको बारेमा आफूहरुले गलत गर्नेलाई कारबाही गरिनुपर्ने बताईन् ।
उनले सांसदहरुले निजामती सेवा विधेयक पढ्दै नपढी पास गरेको दाबी गरिन् । उनले ठूला दलका नेताहरुलाई अवसरवादी र दासको संज्ञा दिईन् । उनले वर्तमान व्यवस्था नै गलत रहेको बताईन् ।




प्रतिक्रिया