काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाले गर्दा आफूमाथि अख्तियार लागेको बताएका छन् । आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले महामन्त्री थापा आफूविरुद्ध खुलेरै लागेको बताएका हुन् । । महामन्त्री थापाकै कारणले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको उनले बताए । ‘गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्मै पनि लाग्नुभयो,’– बैठकमा नेता बस्तेनले भने ।
साथै, उनले ढिलोचाडो सबैको पालो आउने बताउँदै ‘तपाईँ कहाँ जानुहुन्छ ?’ भन्दै महामन्त्री थापालाई प्रश्न गरे । उनले पार्टीमा सग्लै चोखिनेवाला कोही पनि नरहेको बताए । उनले आफूले सिन्धुपाल्चोकमा एक्लै लडेर पार्टीको संगठन बनाएको पनि बताए । माओवादीसँग सिन्धुपाल्चोकमा एक्लै लडेर संगठन बनाएको नेतामाथि केन्द्रीय नेतृत्व खनिएको उनले बताए ।
अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा विशेष अदालतमा दायर गरिसकेको छ । उनी विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा २५ लाख धरौटीमा रिहा भएका थिए ।




प्रतिक्रिया