कानून बनाउँदा उड्ने होईन धर्तीसुहाउँदो बनाउनुपर्छ : प्रभु साह


काठमाडौं, २० असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधानमा ३१ वटा मौलिक हक राखिएको भएपनि कार्यान्वयन एउटा पनि हुन नसकेको टिप्पणी गरेका छन् । उनले नेपालमा दुनियाँमा नभएका मौलिक राखिएको भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताएका हुन् ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राीष्ट्रय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै साहले यस्तो बताएका हुन् । उनले कानून बनाउँदा मुलुकको माटोसुहाउँदो बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छन् । दुनियाँमा नभएको मौलिक हक छ । तर कार्यान्वयन एउटा पनि भएको छैन, त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले स्वीकार्ने खालको हुनुपर्छ ।’ file photo