काठमाडौं, २० असार । राष्ट्रिय रुपमा ख्याँति कमाएका कलाकारहरुले रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा राखिएको ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर’ कार्यक्रममा आधा दर्जन चर्चित कलाकार सहभागी भएर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्न कलाकारमात्रै नभएर सिने पत्रकार प्रकाश सुवेदीलगायत पनि पुगेका थिए ।
रास्वपा पार्टीको आधिकारिक फेशबुक पेजमा सार्वजनिक तस्विरमा आज हस्ताक्षर गर्न कलाकारहरु कृष्ण मल्ल, खगेन्द्र लामिछाने, खेम सेञ्चुरी, राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, अशोक शर्मा र दीपेन्द्र के खनाल पुगेका थिए । हस्ताक्षर कार्यक्रममा रविपत्नी निकिता पौडेल आँफै उपस्थित् थिईन् ।













प्रतिक्रिया