जनकपुर, २१ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले एमालेको आलोचना गरेका छन् । उनले स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । आज (शनिबार) जनकपुरमा पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटका क्रममा निधिनले कांग्रेस सहमतिका साथ अघि बढिरहेको भएपनि एमाले सामूहिक अभियानको लागि तयार नभएको आरोप लगाएका हुन् ।
उनले स्थानीय सरकारमा एमालेले कतिपय नगरपालिकामा बजेट ल्याउन अवरोध गरेको विषयमा एमालेको आलोचना गरेका हुन् । उनले राजनीतिक पूर्वाग्रह नराख्न एमाले नेताहरुलाई आग्रह गरेका छन् । योजना ल्याउँदा पनि राजनीतिक प्रतिशोध हेरेर ल्याउने गरिएकोमा उनको आपत्ति थियो । file photo




प्रतिक्रिया