ज्वाइँले गरे पत्नीसहित ससुराली पक्षका चार जनाको हत्या


काठमाडौं, असार २२ । भोजपुरमा ज्वाइँ नाता पर्ने एक व्यक्तिले एकै परिवारका चार जनाको हत्या गरेका छन्। भोजपुर नगरपालिका-२ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरेका हुन्।

उनले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । हत्यापछि राजेन्द्रले आफैँले प्रहरीलाई खबर गरेका थिए।

राजेन्द्रले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या भएको गरेका हुन्। घाइते अवस्थामा भेटिएका राजेन्द्रले हत्या गरेको स्वीकार गरेका छन् ।

घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रको जिल्ला अस्पताल भोजपुरमा भईरहेको छ। राजेन्द्र पाँच दिनअघि ससुराली घर आएका थिए। राति सुतिरहेको बेला सासू, ससुरा, श्रीमती र सालोले आफूमाथि सामूहिक रूपमा आक्रमण गर्न आएको राजेन्द्रले बताएका छन्। राजेन्द्रको पेटमा पनि तीन ठाउँमा धारिलो हतियार प्रहार भएको घाउँ देखिएको छ ।