एकीकृत समाजवादीको सचिवालय बैठक जारी, होला त झाँक्रीमाथि कारबाही ?


काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा पार्टी स्थायी समिति सदस्यका रामकुमारी झाँक्रीको अभिव्यक्तिबारेमा पनि छलफल हुने बताइएको छ । झाँक्रीले एक सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै अब काँधमा हालेर हिँड्न नसकिने बताएकी थिईन् ।

उनले अर्ली महाधिवेशनको आवश्यकता औंल्याएकी थिईन् । झाँक्रीको उक्त अभिव्यक्तिले एकीकृत समाजवादीमा हलचल ल्याइदिएको छ । पार्टीका केही नेताहरुले झाँक्रीलाई कारबाही गर्नुपर्ने बताउँदै आएका छन् । झाँक्रीको पार्टी सदस्यता नै खोसिनुपर्ने उनीहरुको मत रहेको छ ।