अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ


काठमाडौं, २२ असार । नेपाली कांग्रेसको अनुशासन समितिमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै दुई हजार एक सय जनाविरुद्ध उजुरी परेको छ । उजुरी पर्नेमा ११ जना केन्द्रीय सदस्य, १ जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसहितका नेताहरु रहेको बताइएको छ ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमा परेको उजुरीबारे ब्रिफिङ गरेका हुन् । अहिले ती उजुरीउपर छानविन भइरहेको पनि उनले जानकारी गराए । उजुरीउपरको छानविन समयमै नटुङ्गिदा क्रियाशील सदस्यता नवीकरणमा समस्या भएको पनि उनले सुनाए ।