काठमाडौं, २२ असार । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । बिहीबार बिहान बालेन भण्डारीलाई भेट्न उनको निवास बुढानिलकण्ठ ठूलो भंगाल पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएर बसेका बालेनले विद्याको साथ खोजेका छन् । भण्डारी सक्रिय राजनीतिमा फर्किएकी छिन् । उनले एमालेको सदस्यतासमेत नविकरण गरेकी छिन् । प्रधानमन्त्री ओलीसँग भने बालेनको सम्बन्ध एकदमै खराब स्थितिमा छन् । उनले सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीको आलोचना गर्ने गरेका छन् ।
एमाले सिंगो पँक्ति नै बालेनको विरुद्धमा सञ्जालमा खनिएको अवस्था थियो । महानगरमा बालेन अहिले एक्लो बनेका छन् । कर्मचारीदेखि जनप्रतिनिधिहरु उनको विपक्षमा खुलेर लागेका छन् ।




प्रतिक्रिया