काठमाडौं, असार २४ । रसुवागढी नाकामा आएको भीषण बाढीमा परेर १६ जना बेपत्ता भएका छन्। चीनतर्फ वर्षा हुँदा नेपाल–चीनको सिमाना रहेको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीका कारण १६ जना बेपत्ता भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका बताए।
उनका अनुसार बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेका छन्। रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको पनि उनले बताए।




प्रतिक्रिया