कांग्रेसले तत्काल मन्त्रीहरु हेरफेर गर्दैैनः नेता ढुङ्गाना (भिडिओसहित)


काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गानाले कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई तत्काल फिर्ता नबोलाइने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउन आवश्यक नरहेको बताएका हुन् । उनले २०८४ सम्म यही गठबन्धन कायम रहने र सत्ता हस्तान्तरणको समयमा मात्रै मन्त्रिमण्डल फेरबदल हुन सक्ने बताए ।

‘मन्त्री फिर्ता किन बोलाउने ? मन्त्रीहरुले आफूले गरेको काम कारबाहीको बारेमा बताएका छन् । उचित समयमा सभापति र गठबन्धनको बारेमा वार्ता हुन्छ, त्यो पनि अहिले हटाउने कुरा छैन । यसपछि हस्तानन्तरण गर्ने कुरा छ नेपाली कांग्रेसलाई । त्यो अवधिसम्म यही सरकार रहन्छ । त्यसपछिको सरकारमा मन्त्रिमण्डल परिवर्तन हुनसक्छ । २०८४ को चुनावपछि जसलाई जनताले जिताएर पठाउँछ, त्यसैको पक्षमा हामी उभिन्छौं । गठबन्धन यही रहन्छ भनेर हामीले निर्णय गरेका छौं । यो गठबन्धन २०८४ सम्म रहन्छ भन्ने कुरा निर्णय भएको छ,’– उनले भने ।

सरकारमा रहेर कांग्रेसका मन्त्रीहरुले गरेको काम सन्तोषजनक रहेको उनले बताए ।