नाउपाद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं, २४ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (मंगलबार) बसेको प्रदेश सभाको बैठकमा नाउपाकी समानुपातिक सांसद उर्मिला देवी सिंहले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी गराईन् ।

उनले मधेश सरकारको बजेटमा विचौलिया हाबी भएको समेत दाबी गरिन् । नाउपाले यसअघि संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।