गभर्नर पौडेलविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार


काठमाडौं, २४ असार । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

डा.पौडेलविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेल समेतले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

गभर्नर डा.पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश रिट निवेदकको माग रहेको थियो । न्यायाधीशद्वय रेग्मी र पौडेलको इजलासले मुद्दालाइ प्राथमिकतामा राख्दै अग्राधिकार प्रदान गरेको छ ।