रामकुमारी झाँक्रीलाई कारबाही गर्न एकीकृत समाजवादीले सात दिन कुर्ने


काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) ले पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय प्रदान गरेको छ । आज (मंगलबार) बसेको पार्टी सचिवालयको बैठकले झाँक्रीलाई सात दिनेको समय दिने र चित्तबुझ्दो जवाफ नआएमा कारबाही गर्ने निर्णय गरेको हो ।

झाँक्रीले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जली योग पीठको जग्गा प्रकरणमा मुछिएको सन्दर्भमा दिएको अभिव्यक्ति विवादमा परेको छ । झाँक्रीले पार्टीको युवा संगठनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललाई मरेको सिनोको संज्ञा दिएकी थिईन् । उनले मरेको सिनो बोकेर हिँड्न नसकिने बताउँदै अर्ली महाधिवेशनको माग गरेकी थिईन् ।