सनराइज ज्ञवाली भिक्टोरियाबाट एनआरएनए युवा संयोजक पदमा उम्मेदवार, आकर्षक एजेन्डा सार्वजनिक


अष्ट्रेलिया, २५, असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५ को निर्वाचनका लागि भिक्टोरिया राज्यबाट सनराइज ज्ञवालीले युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।

टिम एकता तर्फबाट उम्मेदवारी दिएका ज्ञवालीले “युवालाई आश्वासन होइन, एक्शन चाहिन्छ” भन्ने नारासहित चुनावी अभियान थालेका छन्।

पूर्व अन्तर्राष्ट्रिय विद्यार्थी, सफल व्यवसायी, फिटनेस प्रशिक्षक तथा भिपासना ध्यान अभ्यासकर्ता समेत रहेका ज्ञवालीले अष्ट्रेलिया र नेपाल दुवै देशमा युवाको जीवनसँग गाँसिएका चुनौती र सम्भावनालाई बुझेर कार्यान्वयनयोग्य योजना सार्वजनिक गरेका छन्।

प्रमुख एजेन्डाहरू:

स्थायी युवा हेल्प डेस्क – थोमास्टाउनमा स्थायी कार्यालयमार्फत सेवा

मानसिक स्वास्थ्य कार्यक्रम – ध्यान, ब्रीदिङ अभ्यास, र गैर–न्यायिक सहयोग

निःशुल्क फिटनेस कोचिङ – प्रमाणित योजनाअनुसार फिटनेस तथा आहार सल्लाह

उद्यमशीलता सम्मेलन – व्यवसायिक यात्राको सुरुवात गर्न चाहने युवालाई मार्गदर्शन

डिजिटल सीप विकास तालिम – Canva, AI, फ्रीलान्सिङ लगायतका व्यावसायिक सीपहरू

सांस्कृतिक/रचनात्मक मंच – संगीत, कला, पोडकास्ट र आत्मअभिव्यक्तिका लागि स्पेस

करियर तथा माइग्रेशन सल्लाह – मासिक रूपमा विशेषज्ञहरूसँग संवाद

नेपाल लगानी जडान – नेपालमा लगानी र रोजगारीतर्फ युवालाई उत्प्रेरणा

विद्यार्थी एकता कार्यक्रमहरू – BBQ, हाइक, रोजगार टिप्स, र नेटवर्किङ इभेन्टहरू

किन सनराइज ज्ञवाली ?

पूर्व अन्तर्राष्ट्रिय विद्यार्थीको जीवन अनुभव

अष्ट्रेलिया र नेपालमा व्यवसाय सञ्चालन गर्दै २०+ जनालाई रोजगारी सिर्जना

विपश्यना ध्यान अभ्यासकर्ता तथा जीवनशैली प्रशिक्षक

कोभिड महामारीमा विद्यार्थीलाई राहत सहयोग, एयरपोर्ट पिकअपसम्म सेवा

“म पदको लागि होइन, सेवाको लागि उम्मेदवार हुँ,” उम्मेदवारी घोषणा गर्दै ज्ञवालीले भने।

उनका अनुसार नेतृत्वले सेवा, समाधान र समावेशिताको भावना बोकेको हुनुपर्छ। उनले भिक्टोरियामा बसोबास गर्ने नेपाली युवाहरूको आवाज नीति निर्माण तहमा पुर्‍याउने वाचा पनि गरेका छन्।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन नजिकिँदै गर्दा भिक्टोरियामा युवाको प्रतिनिधित्वको लागि सनराइज ज्ञवालीको उम्मेदवारीलाई सकारात्मक प्रतिक्रिया मिल्न थालेको देखिन्छ।