रूसको कुस्र्क क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु


मस्को, २५ असार ।युक्रेनको सिमानामा रहेको रूसको कुस्र्क क्षेत्रको समुद्री तटमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको क्षेत्रीय अधिकारीले बताएका छन् ।

कार्यवाहक गभर्नर अलेक्जान्डर खिन्स्टेनले टेलिग्राममार्फत आक्रमण स्थल नजिकै कुनै सैन्य अखडा वा गतिविधि नरहेको र छुट्टीको समयमा बच्चाहरूका साथ परिवारहरू आराम गरिरहेका ठाउँमा आक्रमण भएको बताएका छन् ।

मृतकमध्ये रूसी नेसनल गार्डका एकजना वरिष्ठ जनरल पनि रहेको जनाइएको छ । खिन्स्टेनले अधिकारी र एक सहकर्र्मीले पहिलो विस्फोटमा प्रतिक्रिया दिई नागरिकहरूलाई निकाल्न मद्दत गरिरहेको समयमा दोस्रो ड्रोन विस्फोट हुदाँ जनरलको मृत्यु भएको बताएका छन् ।

बालकसहित घाइते पाँच जनाको अवस्था गम्भीर रहेको र क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पठाइ अनुसन्धान भइरहेको खिन्स्टेनले बताएका छन् ।

युक्रेनी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन । रासस