काठमाडौं, २७ असार । अधिवक्ता स्वागत नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा १५ प्रतिशतमात्रै जिम्मेवार रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा ८५ प्रतिशत निर्दोष रहेको बताएका हुन् । गोर्खा मिडिया नेटवर्कको १५ प्रतिशत शेयर होल्डरको हैसियतमा लामिछानेलाई सो बराबरमात्रै जिम्मेवार बनाउन सकिने उनले बताए ।
‘१५ प्रतिशतको मात्रै हो है उहाँ । अरु ८५ प्रतिशत निर्दोष हो नि । १५ प्रतिशतको सवालमा उहाँ शेयर होल्डर देखिएको हुनाले त्यसको सवालमा मात्रै अदालतले बोल्नुपर्छ । उहाँलाई संगठित ठगी भन्ने पनि हुँदैन,’– उनले भने ।
साथै, अहिले लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर प्रकरणले सहकारी ठगी मुद्दामा कुनै प्रभाव नपार्ने उनले बताए ।




प्रतिक्रिया