काठमाडौं, २७ असार । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको मूल गेटअघि नै प्रदर्शन गरेका छन् ।
उनीहरुले नालायक सरकार मुर्दावादको नारासमेत लगाएका थिए । शैक्षिक माफिया होशियार, नालायक सरकार मुर्दावादको नारा लगाएका ती नेविसंघका नेता तथा कार्यकर्ताहरुले प्रहरीले पक्राउ गरी भ्यानमा हालेको छ ।
प्रदर्शनको क्रममा नेविसंघका काठमाडौँ जिल्ला अध्यक्ष अंशुल केसी, काठमाडौँ सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, रोहन देशार र सतिश यादव रहेको जनाईएको छ ।
उनीहरुले विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका माग अघि सारेका छन् ।




प्रतिक्रिया